३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

३ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुन तोलामा दुई हजार ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 मंगलबार सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १६० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 19, 2026 at 10:50 am