२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

२ भदाै, काठमाडाैं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको कम्पनीको भनाई छ ।

रेडमी १७ सिरिजको मुख्य विशेषता ७,५०० एमएएचको ठूलो ब्याट्री हो, जुन आफ्नो सेग्मेन्टकैठूलो क्षमतामध्ये एक हो। यसले भिडियो स्ट्रिमिङ, गेमिङ वा व्यस्त दिनभर फोन प्रयोग गर्दा पनि लामो समयसम्म साथ दिने कम्पनीको दाबी छ । ब्याट्री सकिन लाग्दा ४५ वाट टर्बो चार्जिङले छिटो चार्ज गर्न सहयोग गर्छ, जसले चार्जिङमा लाग्ने समय कम गर्छ ।

यस सिरिजमा २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । यसमार्फत फोनलाई पावरबैंकका रूपमा प्रयोग गरी इयरबड्स, स्मार्टवाचवा आवश्यक परेको अवस्थामा अर्को फोनसमेत चार्ज गर्न सकिन्छ। नेटवर्क र प्रयोगको अवस्था अनुसार ब्याट्रीको वास्तविक प्रयोग अवधि फरक पर्न सक्छ भने रेडमी १७ ५ जी ले रेडमी १७ को तुलनामा अझ लामो समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

 दुवै स्मार्टफोनमा ६.९ इन्चको एचडी डिस्प्ले र १२०हर्ज रिफ्रेस रेट रहेको छ । यसले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्दा सहज र स्मूथ अनुभव प्रदान गर्छ । रेडमी १७मा मिडिया टेक हेलियोजी ९१–अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ भने रेडमी १७५ जीमा छिटो ५जीकनेक्टिभिटीका लागि स्न्यापड्रागन ४ जेन ५ मोबाइल प्लेटफर्म दिइएको छ । दुवै फोनमा शाओमी हाइपर ओएस ३ रहेको छ र मेमोरी एक्सटेन्सनमार्फत १२ जीबीसम्म ¥याम सपोर्ट गर्छन्, जसले एकैपटक धेरै काम गर्दा पनि सहज र छरितो अनुभव दिन्छ ।

क्यामेरातर्फ दुवै फोनमा ५०मेगापिक्सेल एआई डुअल क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । डुअल–भ्युभिडियो रेकर्डिङ सुविधामार्फत एकैपटक विभिन्न कोणबाट भिडियो खिच्न सकिन्छ। अडियोका लागि डुअल स्टेरियो स्पिकर दिइएको छ, जसले ३०० प्रतिशतसम्म भोल्युम बुस्ट सपोर्ट गर्छ । साथै, फोनमा ३.५ एमएम हेडफोन ज्याक र छिटो कनेक्सन तथा ट्याप–टु–पे सुविधाका लागि एनएफसी सपोर्ट पनि रहेको छ ।

करिब २३२ ग्रामतौल भएका दुवै फोनमा आईपी६४ डस्टतथा वाटर रेसिस्टेन्स रहेको छ । यसले दैनिक प्रयोगमा फोनलाई थप मजबुत बनाउने कम्पनीको दाबी रहेको छ । बिहानदेखि रातिसम्म, घाम होस्वा पानी, प्रयोगकर्ताको दैनिक जीवनसँग सहजरूपमा चल्ने गरीफोन डिजाइन गरिएको छ ।

रेडमी १७ कालो, डीप ब्लु, ओकग्रिन र लोटस पर्पल गरीचार रंगमा उपलब्ध हुनेछ । यो ४ जीबी + १२८ जीबी र ६ जीबी + १२८ जीबी गरीदुई भेरियन्टमा क्रमशःरु. २७,९९९ र रु. ३३,९९९ मा उपलब्ध हुनेछ।

त्यसैगरी, रेडमी १७५जी कालो, डीपब्लु र भिभिड अरेन्ज गरीतीन रंगमा उपलब्ध हुनेछ । यो ४ जीबी + १२८ जीबी, ४ जीबी + २५६जीबी र ६ जीबी + २५६जीबी गरी तीन भेरियन्टमा क्रमशः रु. ३३,९९९, रु. ३७,९९९ र रु. ४१,९९९ मा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : August 18, 2026 at 1:41 pm