१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भारत चकित पर्ने गरी अप्रत्याशित कारबाही गर्ने पाकिस्तानी सेनाको घोषणा

१५ फागुन, काठमाडाैँ । पाकिस्तानको सेनाले भारत चकित हुने गरी अप्रत्याशित कारबाही गर्ने घोषणा गरेको छ । पाकिस्तानले कारबाही सामनाका लागि तयार रहन भारतलाई चेतावनी समेत दिएको छ।

भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानी सेनाले दिएको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन भारतलाई चेतावनी दिएका हुन ।

 भारतले उसका लडाकु विमानले जैश-ए-मोहम्मद सङ्गठनको आत्मघाती हमलाकारीहरूको प्रशिक्षण शिविर ध्वस्त पारिदिएको बताएको छ। पाकिस्तानले चाहिँ भारतीय विमानहरूलाई आफ्ना विमानले फर्कन बाध्य पारिदिएको र कुनै हताहती नभएको बताएको छ। युरोपेली युनियन र चीनले दुवै देशलाई संयम अपनाउन आग्रह गरेका छन्।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार ०९:१८