२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

लक्ष्मी सनराइज बैंकको ऋणपत्र बाँडफाँड

२ भदौ, काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० वर्ष अवधिको ७ प्रतिशत ब्याजदर रहेको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०८२’ को बाँडफाँड सम्पन्न गरेको छ। बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र बराबर ३ अर्ब रुपैयाँको डिबेञ्चर २०८२ भदौ १ गते सोमबार बाँडफाँड गरिएको हो।

बाँडफाँडमा परेको ऋणपत्रको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडबाट सञ्चालित वेबसाइट तथा मेरोसेयर प्रणालीमार्फत हेर्न सकिने बैंकले जनाएको छ। साथै, निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको वेबसाइटबाट समेत आवश्यक विवरण प्राप्त गर्न सकिनेछ।

 बैंकले निष्काशन प्रक्रियामा सहभागी सम्पूर्ण आवेदकलाई बाँडफाँडमा नपरेको ऋणपत्रबापतको रकम सम्बन्धित आवेदकको बैंक खातामा फुकुवा गरिदिनसमेत सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराएको छ।

प्रकाशित मिति : August 18, 2026 at 10:06 am