२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सिद्धार्थ बैंकको साढे ४ लाख कित्ता बढी सेयर बिक्रीमा, क-कसले किन्न पाउछन ?

२ भदौ, काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि कुल ४ लाख ६९ १२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको कुल सेयरमध्ये १ लाख ५७ हजार ४७९ कित्ताका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

 विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । त्यस्तै ३ लाख ११ हजार ६४३ कित्ता सेयर खरिदका लागि भने आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु तथा आम सर्वसाधारणले काठमाडाैंको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : August 18, 2026 at 9:51 am