१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? जनउत्थान सामुदायिक लघुवित्तले माग्यो सीईओ

१ भदाैं, काठमाडौं । बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । संस्थाले रिक्त रहेको उक्त व्यवस्थापकीय पदमा पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

साे पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । यदि स्नातक तह मात्र उत्तीर्ण गरेको भए बैंक तथा वित्तीय संस्था वा सामुदायिक लघुवित्त क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनुपर्ने र सोमध्ये कम्तीमा दुई वर्ष व्यवस्थापकीय श्रेणीमा काम गरेको हुनुपर्ने प्रावधान राखिएको सूचनामा उल्लेख छ ।

उम्मेदवारको उमेर हदको हकमा आवेदन दिने अन्तिम मितिसम्म न्यूनतम ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने संस्थाले जनाएको छ । इच्छुक योग्य व्यक्तिहरूले सूचना प्रकाशित भएको मिति भदौ १ ले २१ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय वा इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : August 17, 2026 at 10:53 am