८९ प्रतिशतले घट्यो क्रेष्ट माइक्रो लाइफको नाफा, प्रतिसेयर आम्दानी कति ?
१ भदौ, काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नाफा ८९.७५ प्रतिशतले घटेको छ । कम्पनीले उक्त अवधिसम्म २५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ करोड ४६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले ४३ करोड ४० लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २७.९३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३३ करोड ९२ लाख खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले ४६ करोड ७५ लाख कुल आम्दानी गरेको छ । अघिल्लो आवसम्म ३८ करोड ८७ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर ४९ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको महाविपत्ती कोषको आकार १० लाख ४१ हजार र रिटेन्ड अर्निङको आकार २ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.३४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०५.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३४८७.२५ गुणा कायम भएको छ ।
प्रकाशित मिति : August 17, 2026 at 9:48 am


