६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

ओएनएफ अष्ट्रेलियाको छैठौं अधिवेशन, अध्यक्षमा रमेश पौडेल

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको छैठौं अधिवेशन सिड्नी अवर्नमा सम्पन्न भएको छ ।

अधिवेशनले रमेश पौडेलको अध्यक्षतामा १९ सदस्यिय कमिटी निर्वाचित गरेको छ । जसको उपाध्यक्ष दिपक पहारी, सचिव मिलन पाठक, सहसचिव किशोर भण्डारी र सदस्यहरुमा सुजन श्रेष्ठ, दिनेश पाण्डे, रमेश पाण्डे, प्रेम शाही, युवराज पहाडी, नारायण बस्नेत, स्नेहा न्यौपाने, लेनिन पौडेल, सुवास सुवेदी, राजु गौचन, कृष्ण सापकोटा, मुगेन्द्र गौतम, प्रकाश पौडेल, अरुण गौतम, चन्द्र कुवर, रविन भुषाल, गणेश राज गौतम, मोहन शर्मा र तेज बिक्रम मल्ल रहनु भएको छ ।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष रमेश पाण्डेको प्रमुख आतिथ्य र मञ्चका उप सचिव प्रभु राम थापाको विशेष आतिथ्यमा भएको अधिवेशनमा एनआरएनए अन्तर्राष्ट्रिय सल्लाह तथा पुर्व उपाध्यक्ष  डा. विनोद श्रेष्ठ, उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सल्लाहकार राजन बस्नेत, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चर सेन्टर अध्यक्ष बिष्णु हमाल, एनआरएनए एनएसडव्लु संयोजक उषा वारिया, जन सम्पर्क समिति अष्ट्रेलिया महामन्त्री रोहित खड्कालगायतका अतिथिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथि पाण्डेले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता केशव जोशी र सचिव प्रकाश पन्थीले  संचालन गर्नु भएको थियो । स्वागत उपाध्यक्ष बालगोपाल उपाध्यक्ष र धन्यवाद ज्ञापन उप सचिव अशिम कोइरालाले गर्नु भएको थियो ।

बन्द सत्रले अध्यक्ष केशव जोशीले पेश गरेको राजनितिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख दिपक पहाडीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको छ ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पाण्डे, विशेष अतिथि थापा, ओएनएफ अन्तर्राष्ट्रिय सदस्य शिशिर नेपाल र माधव शाह, अष्ट्रेलिया उपाध्यक्ष राम घिमिरे , निर्वाचन प्रमुख होम पाण्डे, ओएनएफ ओशियाना अध्यक्ष राजु उपाध्याय लगायतका अगुवाहरुले बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।

प्रकाशित मिति : August 17, 2026 at 9:13 am