३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

अपर स्याङ्गे हाईड्रोपावरको नाफा ९७ प्रतिशतले घट्यो

३१ साउन, काठमाडाैं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार समीक्षा अवधिमा कम्पनीकाे नाफामा गिरावट आएको छ । कम्पनीको नाफा गत आवको चौथो त्रैमाससम्म ९७.३६ प्रतिशतले घटेको छ । अघिल्लो आवमा भने कम्पनीले ७ करोड २३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

 कम्पनीले विद्युत बिक्रीमार्फत कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले विद्युत बिक्री गरेर ५ करोड १७ लाख कमाएको थियो ।

 अघिल्लो आवमा १३ करोड ३ लाख रहेको कम्पनीको अन्य आम्दानी घटेर २ हजार ९९१ मा सीमित बनेको छ । कम्पनीको वित्त खर्च ३ करोड ४६ लाखबाट घटेर २ करोड ६७ लाखमा सीमित बनेको छ । २२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १६ करोड ९२ लाख र कुल चालु दायित्व ५ करोड ५५ लाख रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.२६ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १००.१० रुपैयाँ र तरलता अनुपात ७९.६७ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 16, 2026 at 10:25 am