ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कति पाइन्छ ब्याज ?
३१ साउन, काठमाडौं। ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४ प्रतिशत र संस्थागतर्फ २.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । साउन महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।
व्यक्तिगत निक्षेपतर्फ भदौ महिनामा ३ देखि १ वर्ष तलका लागि २.७६ प्रतिशत, १ वर्ष देखि २ वर्ष तलका लागि २.८० प्रतिशत,२ वर्षदेखि ३ वर्ष तलका लागि ३ प्रतिशत, ३ वर्षदेखि ५ वर्ष तलका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सो भन्दा माथिका लागि ४ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ । संस्थागत निक्षेपकर्तालाई भने १ वर्ष भन्दा माथिका लागि २.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : August 16, 2026 at 9:14 am


