अरुण काबेलीको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
२९ साउन, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.८७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १६ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३ प्रतिशत घटेको छ भने कुल नाफा २.३९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १२.५२ प्रतिशत बढेको छ भने कुल खर्च ४९.८६ प्रतिशत बढेको छ।
३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ८९ लाख रुपैयाँ छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर २ रुपैयाँ ५ पैसामा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२१.७५ गुणा रहेको छ।
प्रकाशित मिति : August 14, 2026 at 6:04 pm


