१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?
२९ साउन, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ९६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३०.०६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.०६ प्रतिशत बढेको छ भने कुल नाफा १२.१९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने २४.१३ प्रतिशत घटेको छ। ६ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी बढेर १५ रुपैयाँ ६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१.३० गुणा रहेको छ।
प्रकाशित मिति : August 14, 2026 at 2:28 pm


