२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

१० वटा बैंकिङ कसुर तथा चेक अनदार मुद्दाका फरार गणेश पक्राउ

२९ साउन, काठमाडौं ।  १० वटा बैंकिङ कसुर मुद्दा तथा २ वटा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१० बालकुमारी बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका(६ घर भएका ३३ वर्षीय गणेश भण्डारी रहेका छन् ।

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंको फैसलाले उक्त मुद्दाहरूमा उनलाई १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रूपैयाँ जरिवाना र १६ दिन कैद सजाय सुनाएको थियो । उक्त मुद्दापछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१० बालकुमारीबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

 उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 14, 2026 at 1:15 pm