२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

पत्रकार किशोर श्रेष्ठलाई महाराजगञ्जको हिरासतमा सारियो

२९ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई  प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ । यसअघि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएका पत्रकार श्रेष्ठलाई अहिले भने प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।

दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएपछि अनुसन्धानका लागि थप तीन दिनको म्याद दिइएको थियो ।

त्यसपछि श्रेष्ठकी पत्नीले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।  उनलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बरामद सामग्रीसहित सोमबार अदालत उपस्थित गराउन आदेश दिएको छ ।

प्रकाशित मिति : August 14, 2026 at 12:03 pm