सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?
२८ साउन, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यस दिन सुन तोलामा ५०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख छ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : August 13, 2026 at 11:14 am


