२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

बरुण हाइड्रोपावरको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७ साउन, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.६९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १२.५९ प्रतिशत बढेर १० करोड ९२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०.६१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १८.५२ प्रतिशत घटेको छ।

१ अर्ब १२ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५ करोड ५१ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६२ पैसा घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ।  गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४७.५८ गुणा रहेको छ।

प्रकाशित मिति : August 12, 2026 at 2:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/