जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी, ग्याट्स्बी इन्टरनेसनल प्रालिका सीईओ पक्राउ
२६ साउन, काठमाडाैं । जापान पठाइदिने भन्दै २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने ग्याट्सबी इन्टरनेसनल प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा प्रहरीले साउन २५ गते बुटवलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुढाथोकीले ग्याट्सबी इन्टरनेसनल प्रा. लि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ रकम लिएको आरोप छ। पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : August 11, 2026 at 2:17 pm



