१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सहकर्मीको आक्रमणमा आठ जना सैनिक मारिए

१४ फागुन, घाज्नी । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ ।अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक्रमणमा अन्य चार जना सैनिक घाइते भएको स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । धेरै वर्षदेखि जारी गृहयुद्धका कारण अफगान सेनाभित्र बेलाबखत आफ्नै सहकर्मीको हत्या हुने गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १४:२४