२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो

२६ साउन, काठमाडाैं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो।

संघका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) ५६० रुपैयाँ, ठूलो अण्डा ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो।

dainiki.com

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटेको र धेरै कुखुरा मरेसँगै उत्पादन घटेकाले बजारको माग निकै बढेको छ। माग बढेसँगै अण्डाको मूल्य बढेको हो। फार्महरुले दिएको रेटका आधारमा समर्थन मूल्य जारी गरिएको उनले बताए। मूल्य बढ्दै गर्दा पनि किसानले लागत मूल्य पाउन नसकेको उनले बताए। अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। यसलाई हिसाब गर्दा प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसा हुन आउँछ।

प्रकाशित मिति : August 11, 2026 at 10:53 am