२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

गुल्मीमा बस दुर्घटना हुँदा ८ जना घाइते

१४ फागुन, गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा ८ जाना यात्रु घाइते भएका छन् ।  गुल्मीबाट बुटवल जाँदै गरेकाे लु १ ख ७३६६ नंकाे बस अर्घाखाँचीको अल्गाटारीमा दुर्घटना भएकाे हाे । रोमाखर खनालको बसको ब्रेक फेल भएर दुर्घटना भएको जानकारी प्राप्त भएकाे छ ।

घाइतेहुनेहरुमा गोबिन्द दमासे ,भुमिकास्थान ६ खिल्जी( बर्ष ३१), रेमलाल भुसाल सन्धिखर्क ८ ( बर्ष ३०),नरेन्द्र थापा मालारानि ६ ( बर्ष ६५), फर्सुराम राना मालारानी ६ ( बर्ष ५२),खडक थापा मालारानी ६ ( बर्ष २२), वसन्त थापा मालारानी ६ ( बर्ष २५), भुमा थापा घुर्कोट ३ गुल्मी ( बर्ष ३९),शाबित्रा खड्का मालारानी ५ बाँगी ( बर्ष ४७) लाई जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गरिरहेको जिल्ला अस्पताल अर्घाखाँचीबाट अशोक चौहानले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 13:56