२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

बनस्थलीमा लुटपाट गर्ने तनहुँका राजकुमारसहित ४ जना पक्राउ

२५ साउन, काठमाडौं । बनस्थली क्षेत्रमा लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा उदयपुरको उदयपुरगढी गाउँपालिका–५ का ३१ वर्षीय चुरन मगर, तनहुँको सुक्लागण्डकी नगरपालिका–५ का ३३ वर्षीय राजकुमार गुरुङ, महोत्तरीको बर्दिबास नगरपालिका–३ का ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप नगरपालिका–५ का ३१ वर्षीय विजय बाबु घिसिङ छन् ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ । पक्राउ परेकाहरुविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

प्रकाशित मिति : August 10, 2026 at 1:07 pm