२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

२० ठूला बहुराष्ट्रिय कम्पनीका सञ्चालकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

२५ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल गर्दै छन् ।आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् ।

छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रालयको सुवर्ण हलमा मध्याह्न १२ बजे उक्त छलफल सुरू हुने छ। छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्नेछन् ।

प्रकाशित मिति : August 10, 2026 at 12:18 pm