१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति ?

२५ साउन, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २० करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४.४१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.९७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा २.२६ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २९.५८ प्रतिशत घटेको छ। १ अर्ब ३५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी २५ करोड ६७ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.६२ गुणा रहेको छ।

प्रकाशित मिति : August 10, 2026 at 9:51 am