१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ट्युशन शिक्षकले ६ वर्षे जुम्ल्याहा बालककाे अपहरण गरी २० लाख पाएपछि हत्या गरे

१४ फागुन, भारत । भारतको मध्यप्रदेशस्थित ट्युशन शिक्षकले ६ वर्षे जुम्ल्याहा बालककाे अपहरण गरी २० लाख पाएपछि हत्या गरेका छन् ।बच्चाहरुलाई ट्युशन पढाउन रमकेश यादव उनीहरुको घरमै जान्थे । बच्चाका बाबु धेरै धनी देखेपछि शिक्षक यादवले आफ्ना साथीलाई अपहरणकाे अाइडिया दिएर बच्चा अपहरण गराएका थिए । बच्चाका पिता निकै धनी भएको बताएका थिए ।

६ वर्षे दुई जुम्ल्याहा भाइ श्रेयांश र प्रियांशको अपहरणपश्चात् हत्या भएकाे प्रहरीले जनाएकाे छ । तेल व्यवसायी ब्रजेश रावतका ६ वर्षका जुम्ल्याहा छोराहरुको शव शनिबार राती उत्तर प्रदेशको बान्दा जिल्लाको औगासी घाटमा भेटियो । पुलिसका अनुसार आरोपीले दुई बच्चालाई सुरुमा क्लोरोफर्म सुँघाएर बेहोस गरेर दुबैको हात–खुट्टा जंजिरले बाँधेर ढुङ्गा पनि बाँधेर यमुना नदीमा फ्याँके बच्चाको हत्या गरेका थिए ।

पुलिसले शनिबार घटनाका मास्टरमाइन्ड पदम शुक्लासहित सबै ६ आरोपीलाई पक्राउ गरे र उनीहरुले देखाएको ठाउँमा राती यमुना नदीबाट बच्चाको शव भेट्टाएकाे थियाे ।एजेन्सी

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार १०:४७