२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

कुमारी बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२४ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले ३ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २० हजार ९४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

 उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्य कागजात सहित आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्रीमूल्य बिक्रेताले तोके बमोजिम हुने छ ।

साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि  कुनै पनि आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 9, 2026 at 11:37 am