पाँचथर पावर कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढ्यो, नाफा कति ?
२४ साउन, काठमाडाैं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले गत आवको चौथो त्रैमाससम्म ८ करोड ५१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ करोड १७ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ९० लाख रुपैयाँ कमाएको थियो ।
चौथो त्रैसमाससम्म कम्पनीको सञ्चालन खर्च १ करोड ६५ लाखबाट घटेर १ करोड २२ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड १३ लाख र वित्त खर्च १३ करोड ६४ लाख रहेको छ ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको कुल नाफा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १३ करोड ६४ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ६५ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३७.३० गुणा रहेको छ।
प्रकाशित मिति : August 9, 2026 at 11:13 am



