१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

फेरि तीन लाख नाघ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

२४ साउन, काठमाडौं ।  सुनको मूल्य ३ लाखमाथि पुगेको छ । शुक्रबार तोलामा नौ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ४ हजार ८०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ६५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : August 9, 2026 at 10:55 am