२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

मकर जितमाया सुरी हाइड्रोपावरको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२४ साउन, काठमाडौं । मकर जितमाया सुरी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आवको चौथो त्रैमाससम्म ७ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६७.५६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ६६ लाखबराबरको खुद नाफा आर्जन गरेको थियो ।

dainiki.com

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३९ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीबाट ३८ करोड ८६ लाख कमाएको थियो । यस्तै कम्पनीले यो अवधिमा ९ लाख २५ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको चुक्ता पूँजी ७६ करोड रुपैयाँ कायम रहेको छ।अघिल्लो वर्ष ३ करोड २८ लाख रुपैयाँ रहेको सञ्चित नाफा बढेर ११ करोड ११ लाख रुपैयाँ लाख पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.१४ रुपैयाँबाट बढेर १०.३० रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.६२ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : August 9, 2026 at 9:17 am