२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

एक वर्षमा ६१ हजार कसुर दर्ता, सबैभन्दा धेरै बैङ्किङ कसुरमा

२२ साउन, काठमाडौं। प्रहरी कार्यालयहरूमा पछिल्लो १ वर्षमा ६१ हजार ०१६ वटा कसुर दर्ता भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा ६१ हजार ०१६ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले सबैभन्दा धेरै मुद्दा बैङ्किङ कसुरसँग सम्बन्धित रहेको बताए ।

dainiki.com

सबैभन्दा धेरै कसुर काठमाडौँ उपत्यकामा दर्ता हुने गरेको छ । काठमाडौँ उपत्यकामा १५ हजार २९७ अपराधका घटना दर्ता भएको छ । देशभर बैङ्किङ कसुरसँग सम्बन्धित १२ हजार ९५० वटा जाहेरी दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका ६ हजार २२ वटा जाहेरी दर्ता भएका छन् । कर्णाली प्रदेशमा ३५५ वटा बैङ्किङ कसुरका जाहेरी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : August 7, 2026 at 5:03 pm