१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उच्च अदालत रहेको भवनमा गोली चल्याे एक प्रहरीसहित ३ को मृत्यु, ६ घाइते

१४ फागुन, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको दर्बानस्थित उच्च अदालत रहेको भवनमा गोली चल्दा कम्तिमा तीन जनाको मृत्यु भएको र छ जना अन्य घाइते भएका प्रहरी तथा स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । प्रहरी प्रवक्ता थेम्वेका एमबेलेले घटनाको पुष्टि गर्दै एएफपीसँग भन्नुभयो, “एक बन्दूकधारीले चलाएको गोली लागी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जना नगर प्रहरी रहेका छन् ।”

“मृतक अन्य दुई जना महिला रहेका छन् भने उनीहरूको सनाखत हुन सकेको छैन ।” आकस्मिक उद्धार सेवाकी उद्धार परिचालन शाखाकी निर्देशक गारिथ यामिन्सनले भन्नुभयो, “घाइते छ जनामध्ये पाँच जनालाई गम्भीर चोट लागेकाले अस्पतालमा उपचारका लागि पठाइएको छ ।

उद्धारका लागि आफ्नो टोली तत्काल घटनास्थलमा पुगेको तर घटनास्थलमा रगतको आहाल देखिएको उहाँले बताउनुभयो । गोली भवनको पहिलो तल्लामा चलेको र उक्त स्थान शहरको उच्च अदालतनजिकै रहेको सुरक्षाकर्मीले बताएका छन् । स्मरण रहोस, सोही शहरमा एक जना विदामा रहेका एक प्रहरीले गोली चलाउँदा सम्बन्धविच्छेद मामिला हेर्ने अदालतमा गोली चलाई सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व श्रीमती र उनका भाइलाई हत्या गरेका थिए ।एएफपी

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०९:३९