८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

आज पनि बढ्यो सुनको मूल्य, तोलाको तीन लाख नजिक

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन तोलामा ९०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 7, 2026 at 11:09 am