१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आफ्नो कार्यकालमा भएका गल्तीको माफी माग्दै इरानका विदेशमन्त्री जरीफले दिए राजीनामा

१४ फागुन, काठमाडौं । इरानका विदेशमन्त्री जवाद जरीफले राजीनामा दिएका छन् । उनले इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा गरेका हुन् । इरानको सरकारी समाचार एजेन्सी इरनाले जरीफको राजीनामाको पुष्टि गरेको छ । ५९ वर्षीय जरीफले आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागेका छन् ।

जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए । जरीफ संयुक्त राष्ट्रसंघमा इरानको लागि राजदूत पनि बनेका थिए । सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०८:१८