२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

कृषि विकास बैंकको नाफामा २९ प्रतिशतले घट्यो, लाभांश क्षमता कति ?

२१ साउन, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आवको चौथो त्रैमाससम्म २ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुलनामा २९.५२ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले ३ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ३.४५ प्रतिशतले घट्दै ९ अर्ब १२ करोड रुपेयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड र सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड रहेको छ । बैंकको निक्षेप २ खर्ब ९३ अर्बबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २ खर्ब १२ अर्बबाट बढेर २ खर्ब ४७ अर्ब पुगेको छ ।

dainiki.com

अघिल्लो आवको चौथो त्रैमाससम्म ३.४४ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत पुगेको छ । यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोडमा सीमित बनेको छ ।  बैंकको लाभांश क्षमता पनि १७.९८ प्रतिशतबाट झरेर ६.५४ प्रतिशतमा सीमित बनेको छ । बैंकको कुल चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १६.११ रुपैयाँ र तरलता अनुपात ३७.४५ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 6, 2026 at 9:19 am