२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि टेलिकमले छुट दिने

२० साउन, काठमाडौं । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महशुल तिर्न बाँकी ग्राहकहरुका लागि छुटको व्यवस्था गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०–८१ सम्मको बक्यौता रकम २०८३ पुस मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ ।

कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमा गई अवसरको सदुपयोग गर्न सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध समेत गरेको छ । यसका साथै कम्पनीलाई भुक्तानी गर्नुपर्ने बाँकी बक्यौता भुक्तानी नगर्ने ग्राहकहरुको नाम नामेसी सहितको विवरण कम्पनीको वेबसाइट तथा पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रिया अगाडि बढाइने समेत कम्पनीले जानकारी दिएको छ ।

dainiki.com

नेपाल टेलिकमका विभिन्न प्रकारका सेवा उपयोग गरे वापत तिर्नुपर्ने महशुल नतिर्ने ग्राहकहरुलाई लक्षित गरी यस्तो छुट उपलब्ध गराइएको हो । यसबाट ग्राहकवर्ग समेत लाभान्वित हुने र कम्पनीको बक्यौता रकम समेत असुल उपर हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : August 5, 2026 at 3:58 pm