७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

युवराज खतिवडालाई हटाएर अर्थमन्त्री बन्न चाहनेको मुखमा बुझो, राजिनामाको हल्ला अफवाहमात्र

१३ फागुन, काठमाडाैँ । अर्थमन्त्री डा युवराज खतिवडालाई हटाएर अर्थमन्त्री बन्न लागि परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एउटा तप्काको मुखमा बुझो लागेको छ । अर्थमन्त्रीले राजिनामा दिने कुरा गर्नु भो भन्दै नियोजित रूपमा पार्टीकै केही शीर्ष नेता लागेपछि डा खतिवडाको सचिवालयले राजिनामाको विषय गलत भएको स्पष्ट पारेको छ ।

अर्थमन्त्री खतिवडाको सचिवालयले उनले राजीनामा गर्न लागेको भन्ने हल्ला निराधारन भएको र नियोजित प्रचारमा कुनै सत्यता नरहेको बताएको छ । अर्थमन्त्री खतिवडाका सल्लाहकार डा. रामशरण खरेलले मन्त्रीले राजीनामा दिने हल्ला निराधार भएको स्पष्ट पारे । उनले भने ‘अर्थमन्त्रीले राजीनमा दिन लागेको भन्ने हल्ला गलत हो, सरकारलाई सफल बनाउन लागिपर्नु भएका मन्त्रीज्यूले राजीनामा दिने सन्दर्भै आउँदैन ।’ उनले मन्त्रीको राजीनामा सम्बन्धी हल्ला गरेर स्वार्थ समुहले फाइदा उठाउन खोजेको तथ्यप्रति पनि मन्त्रालय सचेत रहेको स्पष्ट पारेका छन ।

अर्थमन्त्री डा. खतिवडाका स्वकिय तुल्सी मैनालीले पनि राजीनामाको हल्ला निराधार भएको स्पष्ट पारेका छन् । अर्थमन्त्रीले आफु वर्तमान सरकारलाई सफल बनाउँदै सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्न लागिपरेको बताउँदै राजीनामाको हल्लाको पछाडी नलाग्न भनेको उनका स्वकिय मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : 22:23