७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्य सामान्य घट्दा बढ्यो चाँदी, कतिमा हुँदैछ किनबेच ?

१९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।  सुन तोलामा २०० रुपैयाँले घटेको हो भने  चाँदी तोलामा ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 4, 2026 at 11:24 am