१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

४० प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा, लाभांश क्षमता कति ?

१९ साउन, काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्ब ८५ करोडको तुलनामा ४०.६० प्रतिशतले बढी हो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा १७.५२ प्रतिशतले बढी हो । अघिल्लो आवमा ८ अर्ब २ करोड रुपैयाँ रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दाबी बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप २ खर्ब ८० अर्बबाट बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४.११ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७५ करोड रहेको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १०.३५ प्रतिशतबाट घटेर ९.०८ प्रतिशतमा खुम्चिएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १४.८० रुपैयाँबाट बढेर २०.१८ रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८१.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेकाे छ ।

प्रकाशित मिति : August 4, 2026 at 9:23 am