७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१७ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। यस दिन सुन तोलामा एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।

dainiki.com

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : August 2, 2026 at 10:56 am