वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न सकेन : मन्त्री बिष्ट
१३ फागुन, बुटवल । शिक्षा नीति बदल्नुपर्नेमा जोड दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको बताएका छन् ।
महेन्द्र आदर्श माविको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले सरकारले रोजगारी खोलेकाे बताएका छन् । देशका सात सय ५३ तहका लागि माग भएको रोजागार संयोजकका लागि आव्हान गरेकाे छ । मन्त्री बिष्टले अहिलेसम्मको शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउँदै शिक्षा नीति पनि बदल्नुपर्ने बताएका छन् ।
मन्त्री बिष्टले महायज्ञमा सबै भन्दा ठूलो धनराशी सहयोग गर्ने भुवन केसीको प्रशंसा समेत गरे । दानविर विद्यालय व्यावस्थापन समितिका अध्यक्ष समेत रहेका मुसिकोट नगरपालिका वडा नं ७ निवासी भुवन केसिले ५५ लाख ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए ।
प्रकाशित मिति : 18:50







