७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

कुमारी बैंकको १५ हजार कित्ता सेयर बिक्रीमा

https://www.muktinathbank.com.np/online/loan-application

१५ साउन, काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक सेयरधनीले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

प्रकाशित मिति : July 31, 2026 at 11:39 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/