बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
१५ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। यस दिन सुन तोलामा एक हजार रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : July 31, 2026 at 11:03 am



