१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

झन्डै दुई अर्बको हुण्डी कारोबार गरेको आरोपमा धादिङका राजेन्द्र पक्राउ

१३ साउन, काठमाडौं । झन्डै दुई अर्बको हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–८, नागार्जुन क्षेत्रमा बस्दै आएका ४४ वर्षीय राजेन्द्रप्रसाद रिजाल छन्। उनलाई नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।

dainiki.com

केही व्यक्तिहरूले हुण्डी कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए। सीआईबीले शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ७९ करोड ९६ लाख ३४ हजार ४ सय ५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको हो।​​

  उनलाई मंगलबार पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : July 29, 2026 at 12:48 pm