सुनको मूल्यमा गिरावट, कतिका हुँदैछ कारोबार ?
१३ साउन, काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीकाे बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : July 29, 2026 at 11:13 am



