सर्वसाधारणका लागि प्रभु बैंकको ४१ हजार कित्ता सेयर बिक्रीमा
१३ साउन, काठमाडौं। प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी उक्त सेयर बिक्रीमा राखेको थियो । तर सो अवधिमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको फिट एण्ड टेष्टको मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : July 29, 2026 at 9:28 am



