त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
१२ साउन, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र लिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा रौतहटको राजदेवी नगरपालिका वडा नं. ४ घर भएका २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल वडा नं. १ घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्।
सीआईबीका अनुसार मिश्रलाई आइतबार काठमाडौं ताहाचलबाट र हाकिमलाई सोमबार वीरगञ्जबाट पक्राउ गरिएको हो। यसअघि प्रहरीले भक्तपुरका ३३ वर्षीय सन्दिप सिंहलाई पक्राउ गरेको थियो। एमबीएसको प्रथम सेमेस्टरको प्रश्नपत्र आउट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरुविरुद्ध शिक्षा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।
प्रकाशित मिति : July 28, 2026 at 2:37 pm



