७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२ साउन, काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ। यस दिन सुन प्रतितोला चार हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३५ रुपैयाँले घटेको हो।

dainiki.com

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : July 28, 2026 at 11:20 am