आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
११ साउन, काठमाडाैं । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबारभएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर बढ्दाे क्रममा रहेकाे छ। त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति : July 27, 2026 at 11:21 am



