४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

मुखभित्र हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका युवक पक्राउ

१० साउन,भद्रपुर । लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् ।मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक यहाँ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।

प्रकाशित मिति : July 26, 2026 at 12:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/