काठमाडौंबाट घुससहित लेखा अधिकृत पक्राउ
८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान आयोगको टोलीले उनलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोप छ। घुस मागेको सूचना पछि खटिएको टोलीले उनलाई सेवाग्राहीबाट २१ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
प्रकाशित मिति : July 24, 2026 at 2:58 pm



