८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

८ साउन, काठमाडौं । बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।

dainiki.com

नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख  आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो । यसैगरी तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य र तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकारविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रतिवादी बनाइएका ८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई प्रहरीले पक्राउ गरिसकेको छ । उच्च स्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रहरी अनुसन्धानका आधारमा उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रकाशित मिति : July 24, 2026 at 12:54 pm